पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पूर्ण तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १०, २०७८
pokhara-marathon-2022-278×300

पोखरा, १० चैत । ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने इभेन्टहरुको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चले चैत्र १२ गते हुने ६ वटा विभिन्न इभेन्टहरुको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिवार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरीय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चेयर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोभिड १९ का कारण स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने भएकोले गत फागुन ७ गते मञ्चले खुला म्याराथन र हाफ म्याराथन गरी दुई वटा इभेन्ट मात्र आयोजना गरेको थियो । चैत्र १२ गते हुने इभेन्टहरुमा १ हजार ५ सय भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा हुने ‘रन फर फन’ मा ८४ वर्षीय पूर्ण प्रसाद तुलाचन र ७५ वर्षीय टंकलाल श्रेष्ठले १० किमि खुला पुरुषतर्फको दौडमा सहभागिता जनाउनु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives