दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

रासस
चैत्र ३, २०७८
1517213734dead-770×410

चितवन, ३ चैत (रासस) :दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives