लाहाचोकमा माछापुच्छे कपको तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २, २०७८
CUP

हेमजा, १ चैत । माछापुच्छे गाउँपालिका–४, लाहाचोकस्थित माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लवको आयोजनामा चैत ३ गतेदेखि ६ गतेसम्म हुने प्रथम माछापुच्छे« कप – २०७८ को तयारी पूरा भएको छ।

आयोजक क्लवले लाहाचोकमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । क्लव अध्यक्ष बासुदेव ढकालले प्रतियोगितामा ८ समूहको सहभागिता रहने जानकारी दिनुभयो ।

क्लवका सल्लाहकार पानबहादुर जिसी, अर्थ संयोजक प्रेम ढकाल, पूर्व खेल संयोजक तथा क्लवका सल्लाहकार राजेन्द्र गौतम, सचिव सुशिल श्रेष्ठलगायतले प्रतियोगिताको महत्व बारे बोल्नुभएको थियो ।

प्रतियोगितााको विजेता समूहले नगद रु.२ लाख २ हजार २०, उपविजेता समूहले रु.१ लाख २२ हजार २ सय २२ पुरस्कार पाउँने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, खेलाडी, मिडफिल्डर, फरवार्डरलगायत अनुसाशित समूहलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १० लाख ४९ हजार २ सय ४२ खर्च लाग्ने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives