फरार रहेका २६० पक्राउ

रासस
फागुन ७, २०७८
arrest-generic_650x400_71463458726

चितवन, ७ फागुन (रासस) ःअदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन् ।

यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ वर्ष आठ महिना, २३ दिन कैद सजाय र रु एक करोड ३४ लाख १६ हजार १७९ जरिवानासमेत असुली गरेको छ ।

अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives