फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

रासस
माघ २६, २०७८
arrest-generic_650x400_71463458726

काभ्रेपलाञ्चोक, २६ माघ (रासस) :जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ ।

चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गीलाई पक्राउ गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives