खुकुरी प्रहार गरी दुईको हत्या

रासस
माघ २४, २०७८
dead-body

सिन्धुपाल्चोक, २४ माघ (रासस) । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives