जिप दुर्घटना हँुदा दुईको मृत्यु

रासस
माघ १३, २०७८
TikaKhatiwada_Manglbare_RSS_13_Pikup

इलाममा बिहीबार बिहान प्रदेश १–०१–००१ च ७बmउस९१६ नं को खाली पिकअप आफँै अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल झरी दुर्घटना हुँदा दुई जनाको मृत्यु । झापा मेचिनगर नगरपालिका ४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० को सूर्यबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको हो । तस्वीर ः टीका खतिवडा÷रासस

मङ्गलबारे, १३ माघ (रासस) । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उहाँलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives