रुपन्देही, १४ पुस (रासस) । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ ।
उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।
विद्यालयले दिने वर्षे÷हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गतेका लागि बिदा आह्वान गरिएको हो । उपमहानगरअन्तर्गत रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द रहने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives