जनताको हितका लागि प्रदेश सरकार सदैव तत्पर छ ः खड्का

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०७८
Kumar Khadka 02

पोखरा,१० पुस । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनताको हितका कार्य गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउनु भएको छ ।

रुपाताल तमु समाजले पोखरा–३२ खोलाको छेउमा आयोजना गरेको चौथो साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवं ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री खड्काले त्यस्तो बताउनु भएको हो ।

गण्डकी प्रदेश प्राकृतिक सुन्दरता जस्तै कला संस्कृतिले पनि धनी रहेको बताउँदै यसको संरक्षणको लागी प्रदेश सरकार हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।

कला संस्कृतिको संरक्षण सँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आएको कार्यहरुको प्रशंसा गर्दै मन्त्री खड्काले अन्य सामाजिक संस्थाहरुले पनि यसको अनुशरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष चेस बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम सचिव भिम बहादुर गुरुङले संचालन गर्नुभएको थियो ।

भलिबलमा एजु युथ क्लव र नव किरणको विजयी शुरुवात

शुक्रबार नै सम्पन्न भलिबलतर्फको उद्घाटन खेलमा एजु युथ क्लव ढुंगेपाटनले विजयी शुरुवात गरेको छ । जन कल्याण युथ क्लवलाई २२–२५ र २४–३६ को सोझो सेटमा हराउँदै ढुंगेपाटनले विजयी यात्रा तय गरेको हो ।

यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा नव किरण युथ क्लव दमौलीले आयोजक रुपाताल तमु समाज बि लाई १५–२५ र २४–३६ ले हराएको छ ।
भलिबल तर्फका बाँकी खेलहरु एवं व्याडमिन्टन प्रतियोगिता शनिबारबाट हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives