तेस्रो लोककवि अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
पौष ९, २०७८
Photo 9

पोखरा, ९ पुस । पोखरामा माघ ८ देखि १५ गतेसम्म तेस्रो लोककवि अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल मुस्लिम युवा समिति पोखरा १३ ले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा हुनेछ ।

युवाहरुलाई खेलकुलमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संयोजक अब्बु बकर मियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा करिब ५० समूहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आठ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा बिजेतालाई नगद एक लाख २५ हजार नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र र उपबिजेतालाई नगद ७५ हजारसहित ट्रफि मेडल, प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सेमिफाइनलमा पुग्न सफल अन्य दुई टिमलाई नगद १०÷१० हजार प्रदान गरिने छ ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, हाइस्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives