‘कास्कीकोटलाई अगाडि ल्याऔं’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १३, २०७८
kaskikot

पोखरा, १३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीले कास्कीकोट ऐतिहासिक स्थल भएकाले त्यसलाई अगाडि ल्याउनुपर्ने बताउनु भएको छ ।

कास्कीकोट पोखरा सम्पर्क समितिले पोखरामा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ऐतिहासिक स्थलको महत्व हराउन दिन नहुने उल्लेख गर्नुभयो ।

उहाँले समाजसेवामा लाग्नेहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो। ‘समाज सेवामा लाग्नेहरुले आफ्नै स्रोत साधन प्रयोग गरी सेवा गरिरहेका हुन्छन् उहाँले भन्नुभयो, समाजका लागि योगदान गर्नेलाई सम्मान गर्नुपर्छ ।’

उहाँले विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । राजनीतिले समाजलाई विभाजित गर्न नहृने उहाँको भनाइ छ ।

त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले पोखरा २४ भित्रका नौ विद्यालयका ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको थियो ।

पोखरा २४ का वडाध्यक्ष ओम सुवेदीले विकासका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

कास्कीकोट पोखरा सम्पर्क समितिका संस्थापक दुर्गा तिमिल्सिनाले कास्कीकोटको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बारे प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सल्लाहकार भरत बहादुर अधिकारीले संस्थाका लागि भवन आवश्यक रहेकाले सहयोग जुटाइने बताउनुभयो ।

त्यस अवसरमा पोखरा २४ का वडा सदस्य सन्तु सुवेदी, सल्लाहकारहरु वेदनिधि शर्मा, दिननाथ सुवेदी, टीकाराम सुवेदीले बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष मिन बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद सुवेदीले स्वागत र सचिव चिन्तामणी अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमको संयोजन डिल्लीराम अधिकारीले गर्नुभएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives