नदीले बगाउँदा बेपत्ता

रासस
कार्तिक १, २०७८
river

कैलाली, १ कात्तिक (रासस) । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले बताउनुभयो ।

बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives