धवलागिरि हिमाल आरोहीलाई सम्मान

रासस
असाेज १८, २०७८
SantoshGautam_Myagdi_RSS_18(3)

संसारको सातौँ (आठ हजार १६७बmउस) मिटर अग्लो धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमा ७नतसेष्ठको टोलीलाई सोमबार बिहान बेनीमा सम्मानपश्चात सामूहिक तस्वीरमा । तस्वीर ः सन्तोष गौतम÷रासस

म्याग्दी, १८ असोज (रासस) । संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ ।

धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गर्नुभएको थियो ।

हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडाँै जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासङ्घका शाखा सचिव सन्तोष गौतम, प्रदेश परिषद् सदस्य विक्रम बोगटी र धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले पूर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोवित गौचनलाई सम्मान गर्नुभएको थियो ।

दुवै जनाले हिमाल आरोहणमा कीर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर जानुभएकी पूर्णीमा १७औँ दिनमा आज काठमाडौँ फर्किनुभएको छ ।

पूर्णिमा र पासाङले धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताउनुभयो ।

धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन् । पत्रकार गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । टासी शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो ।

पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो ।

प्रतिकूल मौसमका बाबजुद पनि धवलागिरि आरोहण सफल भएकामा खुसी व्यक्त गर्दै पूर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाइ भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाउनुभयो ।

यसैगरी २०७८ वैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाइलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ ।

हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट हुनुहुन्छ । थकाली सेवा समिति नेपालले आयोजना गरेको ११आँै तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, समितिका पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • नदीले बगाउँदा बेपत्ता

    रासस कार्तिक १, २०७८
    कैलाली, १ कात्तिक (रासस) । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी…
  • मलेसियामा एक नेपालीको मृत्यु

    रासस कार्तिक १, २०७८
    बैतडी, १ कात्तिक (रासस) । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको…
  • बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

    रासस कार्तिक १, २०७८
    जलेश्वर, १ कात्तिक (रासस) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई…
  • मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

    रासस असाेज २७, २०७८
    धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका…
  • बस दुर्घटना

    रासस असाेज २६, २०७८
    डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना…