सिग्देललाई मातृ शोक

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३०, २०७८
Lilawati sigdel

पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ ।

उहाँकी ममतामयी माता लिलावती सिग्देलको ९८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उहाँ झण्डै डेढ महिना अघिदेखि बिरामी हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । शव यात्रामा आफन्त, शुभेच्छुक र परिवारजनको सहभागिता रहेको थियो ।

कृष्णकान्त राष्ट्र सेवक संगठन समन्वय परिषद् कास्कीको पूर्व अध्यक्ष, कस्केली अधिकृत समाज कास्कीको संस्थापक अध्यक्ष र नेपाल इन्जिनियरिङ्ग एशोसियशन गण्डकीको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

स्व. सिग्देलका एक नाति र तीन जना नातिनि हुनुहुन्छ । नाति अभयकान्त सिग्देल वातावरण विद् हुनुुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives