काभ्रेपलाञ्चोक, २३ भदौ (रासस) । दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ ।
चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुकीछिपी भक्तपुर बसेका वाइवालाई मदिरा खरिद गर्ने भनी ठगी गरिरहेको अवस्थामा थिमि प्रहरीले पक्राउ गरेको हो ।
साथी मनिष श्रेष्ठलाई फोन गरेपछि श्रेष्ठको फोन ‘ट्रयाकिङ’ गरी वाइवालाई पक्रन प्रहरी सफल भएको थियो । वाइवालाई पक्राउ गर्न सीमानाका तथा उनका आफन्त रहेको २ नं प्रदेशस्थित घरमा समेत निगरानी बढाइएको प्रहरीले जनायो ।
वाइवालाई थिमि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातमा मुद्दा चलाएको छ । उक्त मुद्दा किनारा लागेलगत्तै थिमि प्रहरीले काभ्रेपलाञ्चोक प्रहरीलाई बुझाएपछि मात्रै थप कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आजै सनाखतका लागि काभ्रेपलाञ्चोक कारागार ल्याइएको थियो ।
Related News
सम्बन्धित समाचार
जनकपुरमा माघको २५ देखि लाटोकोसेरो तथा हुचील उत्सव हुने
टीकाराम बाँस्तोला स्मृतिमा राष्ट्रिय प्रतिभा सम्मान
१३ औं पोखरा महोत्सव सम्पन्न
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस