पहिरामा तीनको मृत्यु

रासस
भाद्र २१, २०७८
pahiro

जाजरकोट, २१ भदौ (रासस) । रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो ।

पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखिएको रा १ ख २०६८ नं को सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । सो बस उक्त ठाउँमा मर्मतका लागि राखिएको थियो ।

उता गएरातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिराबाट एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः०० बजे पहिरासहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का र उहाँकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते हुनुभएको छ ।

उहाँका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives