रुखबाट लडेर खानको मृत्यु

रासस
भाद्र २०, २०७८
1517213734dead-770×410

जलेश्वर, २० भदौ (रासस) । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives