खम्बाबाट खसेर निखिलको मृत्यु

रासस
भाद्र १९, २०७८
dead-body

ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ ।

आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो ।

मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत्को तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives