दाङ, १३ भदौ (रासस) । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो ।
आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् ।
उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives