कुखुरा फार्ममा आगलागी

रासस
भाद्र १२, २०७८
NMK-Aaglagi

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७बmउस कटटी टोलस्थित सङगीता कृषि फर्ममा बिजुलीको तार सर्ट भई लागेको आगो । बाटो नहुँदा आगो नियन्त्रण गर्न बारुणयन्त्र घटनास्थल पुग्न सकेको छैन । तस्विर ः नानीमैया कटवाल÷रासस

सप्तरी, १२ भदौ (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६ सय ३० कुखुराको चल्ला, २० बोरा दाना, पङ्खाहरु जलेर नष्ट हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले (राजन) जानकारी दिनुभयो । प्रहरीको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।

Related News

सम्बन्धित समाचार