उर्जा मन्त्री आचार्य निरीक्षणमा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७८
Acharya

पोखरा, १० भदौ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बिहीबार पोखरा १३ र १४ का विभिन्न स्थानको निरीक्षण गरी त्यहाँका समस्या बारे जानकारी लिनुभएको छ ।

उहाँले पोखरा १३ को काँहुखोला बाढी प्रभावित क्षेत्र र पोखरा १४ चाउथे पुगेर खानेपानी समस्या बारे जानकारी लिनुभएको हो ।

मन्त्री आचार्यलाई पोखरा १३ का वडा अध्यक्ष दर्शन लामा, काँहुखोला बाढी नियन्त्रण सरोकार उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद सिग्देल र स्थानीय क्षेत्र बहादुर कार्कीले काँहुखोलाको बाढीले खेतीयोग्य जमिन र मानव बस्तीमा पु¥याएको क्षति बारे जानकारी दिनुभएको थियो । साउन ३२ मा काँहुखोलामा आएको बाढीले क्षति पु¥याएको थियो ।

निरीक्षणपछि मन्त्री आचार्यले काँहुखोलाको बाढीबाट उत्पन्न समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कुनै एउटा सरकारबाट सम्भव नहुने भन्दै तीन वटा सरकार मिलेर सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘समाधानका लागि करोडले पुग्दैन, अरबौ रकम आवश्यक देखिन्छ उहाँले भन्नुभयो, सबै पक्षसँग बैठक र समन्वय गरी समाधानका लागि प्रयास थाल्नेछु।’

जलस्रोत, सिंचाई विकास डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले समस्या समाधानका लागि उपाय बारे अध्ययन शुरु गर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives