प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

रासस
भाद्र ५, २०७८
bhanu deuwa

काठमाडौँ, ५ भदौ (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवा गत असार २९ गते मुलुकको पाँचाँैपटक प्रधानमन्त्री हुनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives