करेन्ट लागेर तीन जनाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३, २०७८
About-Electric-Current

पोखरा, ३ भदौं । सिन्धुलीको कमलामाई नगरपालिका(१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते माझीको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता लहान नगरपालिका १ मटियर्वा बस्ने ८५ वर्षीया सियाबती देवी रामको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरतर्फ जाने क्रममा विद्युतको काठको पोल भाच्चिएर बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते उहाँको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै, धनुषाको मिथिला बिहारी नगरपालिका(९ कटरईत नयाँ टोल बस्ने सुजित यादवको ६ वर्षीय छोरा विनेक यादवको करेन्ट लागेर  मृत्यु भएको छ ।

घरमा रहेको मिटरबाट मोटर चलाउन जोडिराखेको तारमा करेन्ट लागेर गम्भीर घाइते यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives