बाढीले बगायो तीन घर

रासस
भाद्र २, २०७८
DRS_Melamchi-3gharlagyo

अविरल वर्षासँगै गएराति मेलम्चीमा आएको बाढीले मेलम्ची–६ नेपानेवासी कृष्णबहादुर थापा, भोजबहादुर थापा र दीपेश थापाको बगाएको घर । तस्बिरः देवराज सुवेदी÷रासस

सिन्धुपाल्चोक, २ भदौ (रासस) । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।

मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको े जानकारी दिनुभयो ।

थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् ।

मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives