पोखराका दुई सामुदायिक वन पुरस्कृत, डिभिजनल वन अधिकृत बराल सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०७८
ban

पोखरा, ३१ साउन । पोखराका दुई वटा वन सामुदायिक वन उत्कृष्ट भएर पुरस्कृत भएका छन् ।

वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन दिवस – २०७८ को अवसरमा कास्कीका दुई वटा वनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको हो ।

मन्त्रालयले धनुषाको भाटीघारी सामुदायिक वनलाई प्रथम पुरस्कार प्रदान गरेको छ। पोखरा २५ हेमजास्थित फुर्केटारी सामुदायिक वनलाई द्वितीय र पोखरा २१ निर्मलपोखरीस्थित मूलवन सामुदायिक वन उपभोक्ता समूहलाई सान्त्वना पुरस्कार प्रदान गरेको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिनुभयो ।

प्रथम हुनेलाई नगद १ लाख, द्वितीयलाई ६२ हजार पाँच सय र सान्त्वनालाई २५ हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । वन व्यवस्थापन, सुशासन र जीविकोपार्जनको क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

देशभर २२ हजार र कास्कीमा मात्रै पाँच सय छ वटा सामुदायिक वन छन् । त्यस अवसरमा उत्कृष्ट कार्य सम्पादन गरेकाले डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बराललाई सम्मान गरिएको थियो ।

देशभरका सामुुदायिक वनमध्य कास्कीका दुई वटा वन उत्कृष्ट हुनु कास्कीका लागि गौरव भएको सहायक वन अधिकृत पराजुलीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives