अवसर पाएँसम्म युवा तथा खेलकुद मन्त्रालय मात्र रोज्छु – गुरुङ्

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २७, २०७८
mantri deepak

पोखरा, २७ साउन । कास्की जिल्ला जिम्न्याष्टिक संघ कास्कीले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङ्गे)को सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष राजु कायस्थ, संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङ लगायतले बधाई ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अरु ठूलो मन्त्रालय लिएर पैसा कमाउँन सकिएपनि युवा तथा खेलकुद मन्त्रालयमा काम गरेर इज्जत कमाउँन सकिने बताउनुभयो । उहाँले आफूले अवसर पाएसम्म युवा तथा खेलकुद मन्त्रालय नछाड्ने उल्लेख गर्नुभयो ।

उहाँले खेलकुदका क्षेत्रको विकासका लागि उत्साहित भएर लाग्न आग्रह गर्नुभयो । खेलकुदको विकास नै आफ्नो प्राथमिकता भएको भन्दै खेलकुद र खेलाडीको विकास कुनै कमी हुन नदिने बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले खेल क्षेत्रमा केही गर्न दृढ संकल्पका साथ परिषद् अघि बढेको बताउनुभयो । ‘बजेटको अभावमा कुनै काम रोकिदैन, उहाँले भन्नुभयो, स्रोतको खोजी गरेर भएपनि अभाव हुन दिदैनौं ।’

संघका सल्लाहकार केशवशरण पौडेलले खेल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कास्की जिल्ला जिम्न्याष्टिक संघ कास्कीका कार्यवाहक अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटोले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives