खोलाले बगाउँदा आमाछोराको मृत्यु

रासस
श्रावण २५, २०७८
khola

दाङ, २५ साउन (रासस)। दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो ।

उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार