प्रेस युनियन कास्कीद्वारा मन्त्रीलाई बधाई

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १३, २०७८
photo of congratulation 1

पोखरा, १३ साउन । गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताउनु भएको छ ।

उहाँहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीले काँग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिनु भएको हो ।

कार्यक्रममा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउनुभयो ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि संविधानको रक्षाका लागि काँग्रेस सरकारमा आएको प्रष्ट पार्नुभयो ।

कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा संचारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताउनुभयो ।

युनियन कास्कीका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पे्रस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सचिव केवी राना, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जारा, युनियनका सल्लाहकार रवीन्द्र बास्तोला,गंगाधर पराजुली, शिरोमणि बराल, युनियन जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा,सचिव प्रदीप पौडेल लगायतले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives