पहिरो जाँदा यातायात सेवा अवरुद्ध

रासस
श्रावण ८, २०७८
road abarudda

मकवानपुर, ८ साउन (रासस) ।मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।

पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives