• मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक
  • मुख्य मेनु
  • मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

रासस
श्रावण ८, २०७८

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

रासस
श्रावण ८, २०७८
AKY-Rajbirajaccident

पूुर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको भारदहमा भुस लोड गरि पश्चिमबाट पुर्वतर्फ जाने क्रममा शनिबार ना २ ख ८८२४ नम्बरको ट्रक दुर्घटनामा । तस्वीर ः अरुण कुमार यादव,रासस

कावासोती, ८ साउन (रासस) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन् । गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको सङ्ख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिनुभयो । त्यसपछि जिप÷कार २६, ट्रक/ट्याङ्कर २३, ट्र्याक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताउनुभयो ।
सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन् । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो ।
युवापुस्ताहरुले तीव्रगतिमा सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने तथा जस्तो ठाउँमा पनि ओभरटेक गर्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा सडक जीर्ण भएकाले समेत कतिपय दुर्घटना हुने गरेका छन् । चार लेनमा सडक विस्तारको क्रममा रहेको छ । यस क्रममा धेरैजसो ठाउँमा लामो समयसम्म सडक मर्मत नगर्दा ठूला–ठूला खाडल परेका छन् ।
यसले समेत दुर्घटना बढाएको छ । यसैबीच गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले रु एक करोड ११ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।
विभिन्न सवारी साधन गरी १८ हजार १४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बडूले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • 1

    मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने

    राष्ट्र न्यूज सम्वाददाता माघ २०, २०८१
    पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर…
  • uml 19 pic

    नेकपा एमाले पोखरा १९ मा कोमल

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे…
  • Lekhnath Mahotsav (2)

    लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार

    राष्ट्र न्यूज सम्वाददाता पौष २९, २०८१
    पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको…
  • Press Chautari News Thumbnail (1)

    प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

    राष्ट्र न्यूज सम्वाददाता पौष २९, २०८१
    पोखरा । प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर…
  • 1

    होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै

    राष्ट्र न्यूज सम्वाददाता पौष ८, २०८१
    पोखरा । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष…

Recent News

भर्खरै

  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • IMG-20250309-WA0006

    माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

    फागुन २५, २०८१
  • 2d7dc430-05d4-43f8-8535-ba7bf4cd3435

    बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन

    फागुन २५, २०८१
  • a

    माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई

    फागुन १७, २०८१
  • url health care

    युआरएल हेल्थ केयरमा अपोलोका सेवा

    फागुन १३, २०८१
  • 39650849-a38c-4416-8be3-1a80fc860b0f

    राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति

    फागुन १३, २०८१

Trending

ट्रेन्डिङ्ग

  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१

सम्पर्क

सांदिपन मिडिया प्रा. लि. पोखरा-२५, नेपाल

निर्देशकः सपना पोखरेल
सम्पादकः प्रकाशचन्द्र सापकोटा

अन्य सदस्यहरूः
निराजन अधिकारी, कुशल सिग्देल, रक्षा पोखरेल

फोनः + ९७७ ५४०३५१
इमेलः [email protected]

समाचार
  • देश
  • पोखरा सेरोफेरो
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य/जीवनशैली
  • पत्रपत्रिका
  • रोचक
© Rastra News
Website by Sanil.com.np
  • Website by Sanil.com.np
  • Privacy Policy
  • Terms and Conditions