मध्यपुरथिमि, २० असार (रासस) । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चार तले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भ¥याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो ।
सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरीे तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताउनुभयो ।
प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट पठाइएको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives