काठमाडौँ, १६ असार (रासस) । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो ।
समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो ।
मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
जनकपुरमा माघको २५ देखि लाटोकोसेरो तथा हुचील उत्सव हुने
टीकाराम बाँस्तोला स्मृतिमा राष्ट्रिय प्रतिभा सम्मान
१३ औं पोखरा महोत्सव सम्पन्न
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस