पोखरा, १६ असार । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ ।
गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताउनुभयो । युआरएलको प्रधान कार्यालय न्युरोड पोखरामा छ ।
पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको अध्यक्ष पन्तले बताए । उहाँले भन्नुभयो, ‘निःशुल्क शिविर, छुट आदिमा अहिलेसम्म ८० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिएका छौं । सामाजिक उत्तरदायित्व बोध गर्दै प्रदेशलाई प्रयोगशालामा आत्मनिर्भर बनाउन लागेका छौं ।
यो शाखामा २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध छ । युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङबाट सेवा प्रवाह गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives