उद्योगमा विष्फोट, एक मजदूरको मृत्यु

रासस
जेठ ३०, २०७८
dead-body

राँझा, ३० जेठ (रासस)। बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives