भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

रासस
जेठ २९, २०७८
rain

काठमाडौँ, २९ जेठ (रासस) । शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको एक दुई दिनमा मनसून पश्चिम नेपालसम्म नै प्रवेश गर्ने जनाएको छ ।

आगामी साता मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ ।

हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

यसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षासमेत भईरहेको अवस्था महाशाखाले छ । आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives