नेल्टाको स्थापना दिवस कृषि फार्ममा

राष्ट्र न्यूज सम्वाददाता
जेठ २६, २०७८
Nelta

पोखरा, २६ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले बुधबार छैटौं स्थापना दिवस मनाएको छ ।

कारोना महामारीको समयमा पनि ७७ जिल्लामा नै भौतिक दुरी कायम गर्दै विविध कार्यक्रम सहित स्थापना दिवस मनाइएको संघका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठले कृषि र कृषकको अवस्था उकास्न संघले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

नेल्टा गण्डकी र कास्कीले पनि पोखरामा संयुक्त रुपमा कृषि फार्ममा कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।

पोखराका दुई वटा कृषि फार्मलाई निःशुल्क औंषधि र जैविक सुरक्षा सामाग्री प्रदान गरिएको थियो । पोखरा १६ अर्मलाको अर्मला मिलिजुली कृषि फार्म र फिष्टेल हाइट कृषि फार्मलाई औंषधि र सामाग्री प्रदान गरिएको हो ।

अर्मला कृषि फार्मका सञ्चालक कृष्णप्रसाद अधिकारी, महेन्द्र खड्का र फिष्टेलका सञ्चालक सुनिल क्षेत्रीलाई औंषधि र सामाग्री हस्तान्तरण गरिएको थियो ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य कुमार खड्का, कास्की काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देलले औंषधि र सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले देशको उन्नतीको लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कोषाध्यक्ष लक्ष्मी पाण्डले युवाहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने औल्याउनुभयो ।

प्रवक्ता नवीन सिग्देलले आर्थिक उन्नती भाषणबाट सम्भव नहुने भन्दै कर्मबाट मात्रै आर्थिक उन्नती हुन सक्ने उल्लेख गर्नुभयो ।

नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कास्की जिल्ला अध्यक्ष बसन्त कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार