पोखरा, २५ जेठ । कास्कीमा जेठ २७ गते कोभिड – १९ विरुद्वको खोप दिइने भएको छ ।
कास्कीमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई पहिलो मात्रा भेरोशिल खोप दिन लागिएको हो । स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।
‘खोप लगाउनका लागि आवश्यक तयारी पूरा भएको छ, प्रमुख आचार्यले भन्नुभयो– नागरिकता वा उमेर खुल्ने कागजात सहित खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध छ।’
यसपटक कास्कीका आठ हजार जनालाई खोप लगाउने तयारी छ । कास्कीका लागि १६ हजार मात्रा खोप आएको छ ।
आठ हजार जनालाई दोस्रो मात्रा समेत पुग्ने गरी खोपको व्यवस्था मिलाइएको प्रमुख आचार्यको भनाइ छ । आठ हजार जनालाई एकै दिन खोप लगाइने छ ।
खोप केन्द्रमा दुई जना खोप कार्यकर्ता र आवश्यता हेरी दुईदेखि तीन जनासम्म स्वास्थ्य स्वयंसेवक परिचालन गरिने छ ।
Related News
सम्बन्धित समाचार
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा