वडा अध्यक्ष बास्तोलाद्वारा तलब, भत्ताको रकम अक्सिजन प्लान्टलाई

राष्ट्र न्यूज सम्वाददाता
जेठ २३, २०७८
shankar bastola

पोखरा, २३ जेठ । पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी छ ।

पोखराका लागि निकै महत्वपूर्ण मानिएको अक्सिजन प्लान्टका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

बतास फाउन्डेसनको अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोलाले एक लाख एक हजार एक सय पाँच रुपैयाँ सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष भएपछि आपूmले प्राप्त गरेको तलब र भत्ताको रकम मध्यबाट सहयोग गरेको वडा अध्यक्ष बास्तोलाको भनाइ छ । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित बास्तोला नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सचिव पनि हुनुहुन्छ ।

उहाँले आफ्नै वडामा गठित वडास्तरीय कोभिड सहयोग समितिलाई पनि १५ हजार एक सय पाँच रुपैया सहयोग गर्नुभएको छ ।

‘नागरिकको जीवन रक्षाका लागि अक्सिजन प्लान्ट अत्यावश्यक छ, वडा अध्यक्ष बास्तोलाले भन्नुभयो – राज्यले नगरेको अवस्थामा नागरिकस्तरबाट भएको प्रयासलाई प्रोत्साहन गर्न सहयोग गरेको हो ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै