इनरुवा, २२ जेठ (रासस) ।सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व