काठमाडौँ, २० जेठ (रासस) । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।
दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो ।
कर्पाेरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
चोरीका चार मोटरसाइलसहित छ पक्राउ
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह