लिचीको दाना अड्किएर छ महिने बालकको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
जेठ २०, २०७८
dead-body

महेन्द्रनगर, २० जेठ (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिनुभयो ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै