काठमाडौँ, १९ जेठ (रासस) । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् ।
घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु
लाहाचोकका आमाहरुलाई सम्मान