पहिरो खसेपछि २० घर उच्च जोखिममा

रासस
जेठ १६, २०७८
pahiro

बाजुरा, १६ जेठ (रासस) । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ ।

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ ।

उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ ।

एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ । अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ ।

यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ ।

पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । खेतीयोग्य जमिनसमेत पूरै बगाइसकेको र घर पनि पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो सङ्कट सिर्जना भएको छ ।

कोरोना महामारीले सङ्कट सिर्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्षति पु¥याउन थालेपछि बाजुरामा थप समस्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधिकांश स्थानका बासिन्दालाई चिन्ता बढ्न थालेको छ ।

Related News

सम्बन्धित समाचार

  • मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

    रासस असाेज २७, २०७८
    धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका…
  • बस दुर्घटना

    रासस असाेज २६, २०७८
    डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना…
  • घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

    रासस असाेज २५, २०७८
    कास्की, २५ असोज (रासस) । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ…
  • तनावपछि कफ्र्यु

    रासस असाेज २४, २०७८
    रुपन्देही २४ असोज (रासस) । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन…
  • कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

    रासस असाेज २१, २०७८
    काठमाडौँ, २१ असोज (रासस) । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको…