फुङ्लिङ, १५ जेठ (रासस) । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ ।
यसका लागि आवश्यक रकमसमेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ ।
विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पूर्व मन्त्री अधिकारी सहित सातजनाको निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?