वडाबासीको सुरक्षा पहिलो प्राथमिकता भन्दै पोखरा ४ ले ग¥यो यस्तो निर्णय

राष्ट्र न्यूज सम्वाददाता
जेठ १५, २०७८
pkr 4

पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले आर्थिक वर्ष २०७८÷०७९ को बजेट कोरोना विरुद्वको खोप व्यवस्थापनका लागि खर्च गर्ने भएको छ ।

जेठ १३ गते वडा कार्यसमितिको बैंठकले वडामा संचालित कार्यक्रम र आयोजना आगामी वर्षमा गर्दा पनि फरक नपर्ने निष्कर्षसहित वडाको सम्पूर्ण बजेट खोपको व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणबाट वडाबासीलाई बचाउँनु पहिलो दायित्व भएको भन्दै आउँने सम्पूर्ण बजेट खोपमा खर्च गर्ने तयारी गरिएको हो ।

खोप व्यवस्थापनमा खर्च गर्ने गरी आवश्यक व्यवस्थापन गरिदिन वडा अध्यक्षले पोखरा महानगरपालिकाका प्रमुखलाई पत्र पठाउनु भएको छ ।

‘महामारीको अहिलेको अवस्थामा वडाबासीको जीउँधनको सुरक्षा पहिलो प्राथमिकता ठानेका छौं, वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले भन्नुभयो, वडाबासीलाई बचाउन सके विकास र अन्य कार्यक्रम पछि गर्दै गरौला।’

Related News

सम्बन्धित समाचार

Archives

Archives