पोउवा संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०७८
Ramesh

पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे निधन भएको छ ।

जेठ १३ गते बिहीबार बिहान ३ः२० बजे काठमाडौंको निदान अस्पतालमा उहाँको निधन भएको हो ।

२०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मनु भएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा महासचिव हुँदै २०५९ देखि २०६१ सालमा अध्यक्ष रहनु भएको थियो ।

संघका विभिन्न पद तथा अध्यक्ष रहँदा होस् वा संघद्धारा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजकको रुपमा रहेर लामो समयसम्म काम गर्दा नै किन नहोस्, उहाँले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

पोखरा, रानीपौवाको पुरानो व्यावसायिक घरानाको सदस्यको रुपमा व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएका कर्मचार्यको समुन्नत र आधुनिक पोखरा बनाउने अभियानमा समेत ठूलो योगदान रहेको छ । स्वर्गीय कर्माचार्यका श्रीमतीसहित २ जना छोरा हुनुहुन्छ ।

पोखरा उद्योग वाणिज्यले शोक विज्ञप्ति प्रकाशित गरी हाल संघको सल्लाहकारको रुपमा क्रियाशिल कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति भएको जनाएको छ ।

महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा उहाँले निधनले संघले अभिभावक एवं कर्मशील व्यवसायी तथा समाजले एक असल समाजसेवी गुमाएको उल्लेख छ । विज्ञप्तिमा देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

    रासस असाेज २४, २०७८
    काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण…
  • टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु

    राष्ट्र न्यूज सम्वाददाता असाेज २१, २०७८
    पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका…
  • सिग्देललाई मातृ शोक

    राष्ट्र न्यूज सम्वाददाता भाद्र ३०, २०७८
    पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी…
  • उपसभापतिमा अधिकारीको उम्मेद्वारी

    राष्ट्र न्यूज सम्वाददाता भाद्र २५, २०७८
    पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ…
  • खम्बाबाट खसेर निखिलको मृत्यु

    रासस भाद्र १९, २०७८
    ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको…