पोखरा, ९ जेठ । नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ ।
जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएकोमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आव्हान गरिएको छ ।
यसैबीच, नेपाली काँग्रेस कास्कीले नेपाली काग्रेस क्षेत्र नं २(ख) कास्कीका अगुवा नेता तथा कार्यकर्तासँग आइतबार गरेको जुम बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
कतै वर्षा, कतै हिमपात
स्ववियु निर्वाचन केन्द्रीत बन्दै विद्यार्थी संगठन,निर्वाचन समिति गठन
अभिनेता शाह रिहा
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
आज शिवरात्री पर्व