गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ

रासस
जेठ ९, २०७८
arrest-generic_650x400_71463458726

चितवन, ९ जेठ (रासस) । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो ।

प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै