दमक, ८ जेठ (रासस) ।झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।
सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत वैशाख २४ गतेदेखि उहाँ त्यस अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो ।
विवाह भएको केही दिनमै बेहुला सन्तोष, उहाँकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो । त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयो ।
बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा सङ्क्रमण सरेको हुनसक्ने उहाँले बताउनुभयो । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
Archives
Archives