पोखरा, ७ जेठ । कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्ने गरी पोखरामा आपतकालीन कोभिड रोग राहत कोष स्थापना गरिएको छ ।
क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको बैंठकले कोरोना संक्रमणका कारण समस्यामा परेकाहरुका लागि खर्च गर्ने गरी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
सो कोषमा सहयोग गर्न समितिको नाममा गरिमा विकास बैंकको खाता नं ००७००१०००३७८७८००००२ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
कोष संचालनका लागि समितिका उपाध्यक्ष दान बहादुर बस्नेत संयोजक, भरत बहादुर खत्री सहसंयोजक तथा गणेश कुँवर, सन्तोष थापा, शेरजङ्ग अधिकारी, प्रेम बहादुर थापा, अर्चना रोकाहा बस्नेत, लोक बहादुर खड्का र कालिका थापा सदस्य रहेको समिति गठन गरेको छ ।
समितिको सल्लाहकारमा पदम बहादुर कार्की, दिल बहादुर अधिकारी क्षत्री, चेत बहादुर कार्की र इन्द्र बहादुर थापा हुनुहुन्छ ।
समितिका कार्यवाहक अध्यक्ष दिल बहादुर अधिकारीले क्षेत्रीले कोषमा सहयोग गर्न सबैलाई अनुरोध गर्दै स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पालना गरी सुरक्षित बन्न अपिल गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
प्रहरी र स्थानीयवासीका बीचमा झडप ः आठ प्रहरी घाइते
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व